ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा
बुधबार, २९ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो ।
दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट ४ अंक बनाउँदै रनरेडको आधरमा फाइनलमा पुगेको छ ।
एपीएफले दिएको १५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदा १५१ रन बनाउँदा डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका १ छक्का हिर्काए । सन्दिप रिजालीले १५ बलमा ११ रन बनाए । राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए । उनले ६ छक्का र १ चौक्का हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौक्का हिर्काए ।
बलिङमा एपीएफका तिलोक महराले २ आभेरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए ।
यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १५८ रन बनाएको थियो । प्रदिप एरिले ४१ बलमा १ छक्का र ६ चौका हिकाउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौक हिर्काए । अरुण एरिले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए । बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरी चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए । बिहीबारबाट समूह ‘बी’बाटे लिकको आधारमा खेल हुनेछ । पहिलो खेल दिल्ली युनिाईटेड र बिगाभीय टिम नेपाल पुलिस बिच हुनेछ । सोही दिन दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।
विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी...
विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् । उनले वर्ष/वर्ष दिनमा सरकार फेर्न बानी परेकाहरूलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गरे...
काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको...
विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...
विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...
काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...