आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया
मङ्गलबार, २८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।
झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।
तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि विराटनगर जान त्यहाँका चिकित्सकले सुझाव दिए । त्यसपछि उनी आर्या न्यूरो हस्पिटलमा ८ चैतमा आइन् । आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गरे । ‘एमआरआइ गरेपछि कटुवालको ‘पाईका एन्युरीज्म’ भएको पत्ता लाग्यो । त्यसपछि चिकित्सकले शल्यक्रिया गरिनुपर्ने सल्लाह दिए ।
१२ चैतमा डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भयो । ‘टाउँको रगत जमेको थियो । त्यसलाई मेडिकल भाषमा पाईका एन्युरीज्म भन्ने गरिन्छ । रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम,’ उपचारमा संलग्न डा. नेपालले भने, ‘यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले विरामीको समयमै उपचार गनुपर्ने हुन्छ ।’
पाईका एन्युरीज्म क्लिपिङ’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए । ‘यो सँगै मैले ‘पाईका एन्युरीज्म क्लिपिङ’ को दोस्रो पटक शल्यक्रिया गरे,’ उनले भने, ‘यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो ।’
२० दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ । दिदीको सफल उपचार भएपछि विरामीका बैनी मुना भण्डारी दहालले उपचारमा खिटने चिकित्सक र हस्पिटललाई धन्यवाद दिइन् । ‘हस्पिटल ल्याउँदा दिदीको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर तीन हप्तासम्म उपचार गरेपछि दिदी ठिक हुनुभएको छ,’ डिस्चार्ज भएपछि बैनी मुनाले भनिन्, ‘अहिले दिदी राम्रोसँग हिडडुल गर्न सक्ने हुनुभयो । मज्जाले बोल्न सक्ने हुनुभएको छ ।’ आर्या न्यूरो हस्पिटलमा दिदीले नयाँ जीवन पाएको उनले सुनाइन् ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...
एजेन्सी, २३ पुस-कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो...
एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...
काठमाडौं, ५ जेठ-सांसद विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले कोरोनाले निम्त्याएको...
विराटनगर । विराटनगर – १० का २३ वर्षीया सिद्धान्त भट्टराईको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् । सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो...
काठमाडौं, १३ मंसिर-आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको...
विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...
काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानिअनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव...