मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

 न्यूज विराट
मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो ।

पछिल्लो समय कोभिड १९ संक्रमण बढदै गएकोले यसबाट बच्न फाईजर बाईभ्यालेन्ट खोज नजिकको स्वास्थ्य केन्द्रहरुमा लगाइने स्वास्थ्य कार्यालय मोरङका खोप कार्यक्रम संयोजक कन्हैया साहले जानकारी दिए ।

खोपको पहिलो श्रृङखला जेनसेन खोपको एक मात्रा र अन्य कोभिड–१९बिरुद्ध खोपको हकमा दुई मात्रा पुरा गरी ३ महिना कटेकाको हकमा यो खोप लगाइने उनले बताए । यस्तै पहिलो बुस्टर मात्रा लगाएर ६ महिना पुरा भएका लाई दोश्रो बुस्टर मात्राको खोप लगाउने खोप संयोजक साहले बताए ।

खोप दिने लक्षित समुह ५५ बर्ष भन्दा माथिका उमेर समुहमा पहिलो बुस्टर मात्राको खोप लगाइनेछ । १२ बर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पहिलो बुस्टर मात्रा लिन बाँकी लाई पनि पहिलो बुस्टर मात्राको खोप लगाइने बताइएको छ ।
‘ माथि उल्लेखित लक्षित समुहले पहिलो बुस्टर मात्रा लगाएर ६ महिना पुरा भएमा दोश्रो बुस्टर मात्राको खोप दिइनेछ,’ स्वास्थ्य कार्यालय मोरङका खोप संयोजक साहले भने ।

सम्बन्धित समाचार

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला

विराटनगर । विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोनामा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यकालामा ३५ जना विद्यार्थीहरुलाई भविष्यमा तयार पार्दै सिकाउने चुनौतीलाई कसरी...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव

काठमाडौं, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन्...

धनुषामा २ वडाका स्थानीयबीच झडप

जनकपुर, १९ असार-बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबीच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच...

विराटनगरमा फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गरी लुटपाट, ९ दिनपछि पक्राउ

विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्