विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले नै कक्षा – ११ को सामाजीक अध्ययन तथा जिवनउपयोगी शिक्षा विषयको पाठ – ५ मा योग तथा ध्यान नामक शिर्षक राखिएको छ । उक्त २ दिने योग प्रशिक्षण कार्यक्रममा राष्ट्रिय पतंजली योग केन्द्र काठमाडौँका संयोजक लोकनाथ खनालले विद्यार्थीहरुलाई पाठ्यक्रमअनुसारकै विभिन्न योगासन त्यस्तै दैनिक जीवनको अत्यावश्यक योग अनुलोम विलोम, कपालभाती, भ्रामरी आदि योग प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुलाई दैनिक जीवनमा काम लाग्ने टीप्स र मेमोरी पावर बढाउने टीप्सहरु दिएको कलेजले जनाएको छ । यस्तै लाइफ स्कील शिक्षा पनि दिएको थियो । पतंजली योग समिति मोरङकी संयोजक शिल्पा प्याकुरेल तथा योग प्रशिक्षक इश्वरी गौतमले पनि विद्यार्थीहरुलाई परीक्षामा कसरी राम्रो गर्ने भन्ने बारे प्रशिक्षण दिए । समापन कार्यक्रममा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई आफुले सिकेको योग घरका परिवारलाई पनि सिकाएमा यसको अझ महत्व बढेर जाने बताए । कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल र प्रा.डा. पि.के. झाले योगको महत्वबारे विद्यार्थीहरुलाई जानकारी गराए ।
विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...
काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...
विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...
विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...
विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवको नेतृत्वमा कार्डियोलोजि सेवा सुरु भएको हो । केही...
विराटनगर । खानेपानीको संरक्षण र समोचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि सोमबार विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् ।छलफलका...
पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...
विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...