नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न
बुधबार, ०८ चैत, २०७९,
न्यूज विराट
विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना गरेको शिविर सम्पन्न भएको हो ।
विराटनगरस्थित मानवसेवा आश्रम तिनटोलियामा आयोजना गरिएको शिविरमा सबैको नि:शुल्क आँखा जाँच मात्रै नभएर आवश्यक परेकालाई नि:शुल्क चश्मा समेत उपलब्ध गराइएको थियो । आवश्यक पर्नेलाई निशुल्क औषधि समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
सो अवसरमा मानवसेवा आश्रमका सबैलाई खाजा समेत खुवाइएको थियो । यस परियोजनाबाट आश्रमका कर्मचारीहरूसहित ८५ जना लाभान्तिव भएका छन् । त्यस्तै शिविरमा १७ जनामा मोतियाविन्दुको समस्या देखा परेको र उनीहरुको सवै उपचार नि:शुल्क गरिने अध्यक्ष राठीले बताइन् । उक्त कार्यक्रमको संयोजक सरिता गोल्छा रहेकी थिइन् ।
विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...
विराटनगर । विराटनगरमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सोमबार सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दैै मेयर नागेश कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर...
विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा...
विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...
विराटनगर । मोरङको सुनवर्षीमा–७ स्थित बरडंगामा लक्षित बर्गका लागि उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा कार्यालय बरडंगाको सहयोगमा विराट टाईम्स मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘लक्षित बर्गका लागि’ तीन दिने...