नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

 न्यूज विराट
नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क आँखा शिविर सोमबार गरेको हो ।

शिविरमा आश्रममा रहेका ४२ जना ज्येष्ठ नागरिकहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको मोतिया बिन्दु देखिएको स्वास्थ्य जाँच गरेको दृष्टि रोग विशेषज्ञ डा वीरेन्द्र रायले बताए । स्वास्थ्य जाँच गरिएको मध्ये ११ जना ज्येष्ठ नागरिकहरूको शल्यक्रिया विराटनगरस्थित हाजी आँखा अस्पतालमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले जिफन्टसँगको सहयोगमा निःशुल्क गर्ने जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको वार्षिक उत्सवमा विराटनगर कमिटीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यो पटकको वार्षिक उत्सवमा सामाजिक कार्य गर्ने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँचसँगै पौष्टिक आहार र ब्यूटिसियनहरुले ज्येष्ठ नागरिकहरूको श्रृगार गरिएको अध्यक्ष भली सुब्बा गुरुङले बताइन् । ‘वार्षिक उत्सवको दिन सामाजिक कार्य अनुसार यो कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष सुब्बाले भनिन्, ‘यस्तो सामाजिक कार्यलाई हामीले निरन्ता दिँदै अगाडी बढनेछौं ।’


राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीको सचिव बसन्ती गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला रहेका थिए । कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष धमलाले यस्ता सामाजिक काम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले जस्तै अरू संघसंस्थाहरुले पनि गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विश्वेश्वर वृद्धा आश्रमका अध्यक्ष जगत प्रसाद अर्यालले ज्येष्ठ नागरिकहरू बसोबास गर्ने स्थानमा आएर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पुण्यको काम गरेको बताए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश सचिव कला डाँगी, नावुन विराटनगरकी निवर्तमान अध्यक्ष अतिमा पौडेल पोखरेल, हाजी आँखा अस्पतालका डा। वीरेन्द्र राय, प्रशासन प्रमुख अन्जनी पोखरेललगायतको उपस्थिति रहेको थियो । नावुन विराटनगरकी उपाध्यक्ष सरिता राईले कार्यक्रमको समापन गरेकी थिइन् । विराटनगरमा रहेको हाजी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर भएको थियो । उक्त शिविरमा आँखा जाँच डा।दिनेश राय र वीरेन्द्र रायले गरेका थिए ।

सम्बन्धित समाचार

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

काठमाडौं, ४ मंसिर-नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोगस्वरूप उपलब्ध गराएको हो...

स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारदेखि विराटनगरमा हुँदै

विराटनगर । विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

नेपालमा ११ हजार २४९ जनाले जिते कोरोना

काठमाडौं, १ साउन-बिहीबार २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसनमा उपचार गराइ २१३ जना निको भएर डिस्चार्ज भएइको हुन् । योसहित नेपालमा...

सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्