मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो । जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गोल गर्न चुके ।
सुनसरीको तर्फबाट सुशन लामा, बिवेक राई, चन्दन मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरूङ, सजन मगर, विवेक गुरूङले मात्र गोल गरेका थिए । सुनसरीका सुजित चौधरी र सिजल राईले गोल गर्न असफल रहदा घर फर्किन बाध्य भयो ।
खेल सुरु भएको ११ औं मिनेटमा धव्रताराका आयूष श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो हापसम्म अग्रता कायम गरेको धुव्रताराले दोस्रो हाफदेखि शान्तिनगरले आग्रमक खेल पस्कियो । खेल सुरू भएको ४४ मिनेटमा विष्णु श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । सिजल राईले निकालिदिएको क्रस पास विष्णुले गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफदेखि दबावमा राखेको शान्तिनगरका क्याप्टेन सुसन लामाले ६४ औं मिनेट गोल गरी दोब्बर बनाए ।
खेलको ८२ औं मिनेटमा धुव्रतारका प्रविण राईले गोल गरी खेल बराबरीमा ल्याए । डिबक्स भित्र शान्तिनगरका खेलाडीले डिबक्स भित्र फल गरेपछि धुव्रताराले पेलान्टी पाएको थियो । पेलान्टीमा राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडी झापाको प्रविण राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर १६ का वडाअध्यक्ष उद्धब भूजेलले वितरण गरेका थिए ।
आइतबारको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ ।
फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
बिजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...
सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिँडेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । इलाम नगरपालिका–८ मा पर्ने यो सडकखण्डमा शनिबार बिहान सुख्खा...
जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...
विराटनगर, २१ असार । प्रदेश नं. १ का नवनियुक्त प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसिले आफ्नो विवेक र ब्रम्हले भ्याएसम्म अपराध र तस्करीलाई निश्तेज पार्ने बताएका छन् । भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय सरुवा भएर...
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...
विराटनगर, १७ असोज—प्रदेश १ म पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा...
काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार...
काठमाडौं, १३ जेठ-टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.