मीरगञ्ज पुल संचालनमा आयो, उद्योगी व्यवसायी उत्साहित
मङ्गलबार, ०२ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ । मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा संचालनमा आएको थियो । यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्छन् ।
भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्नै जनाउदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ ।
सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिना देखी पुल संचालनमा आएको थियो । पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गर्दथे । तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाकानै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएको हो ।
उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो । अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् । एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हँुदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हँुदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।
जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।
मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए ।
भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए । प्रदेश १ को औद्योगिक लाईफलाईनै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्धालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।
विराटनगर २३ कात्तिक–प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) तिहार आगाडि सञ्चालन...
विराटनगर, बैशाख २५–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई...
विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । १५ शैय्याको यो हस्पिटलमा आँखाको सम्पूर्ण उपचार सेवा हुने गरेको छ । अस्पतालले विरामीहरुको आँखाको...
विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...
विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...
विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...
विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि...