विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।
झी : पुचले प्रत्येक वर्ष सामुहिक ब्रतमन्ध र सामुहिक बेलविवाह गर्दै आएको छ । यसअघि सामुहिक बेलविवाहमा मोरङ, झापा, सुनसरी र उदयपुरका गरी ४० जना कन्याको सामूहिक बेलविवाह गरिएको गराएको थियो ।
बेलविवाह रजस्वला हुनुअघि अनिवार्य रुपमा नेवार कन्याहरुले गर्नुपर्छ । शिवपुत्र कुमारलाई बेलको स्वरुपमा लिई कन्यासँग विवाह गर्ने चलन छ । धर्म संस्कृतिको संरक्षणको लागि झी : पुचले यस्ता कार्यहरु गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
एजेन्सी, साउन २५-लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटनका क्रममा १ सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार विस्फोट हुँदा १ सय ५० जनाभन्दा...
विराटनगर । विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो । सम्झौता पत्रमा विराट...
काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...
विराटनगर, ३ असोज । संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला...
काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती...
विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । आज धरान स्थित धरान गल्फ क्लबको गल्फ...
लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले...
विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो । बेलबारी...