रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न

 न्यूज विराट

विराटनगर, २३ माघ । मोरङको रंगेलीमा सन्थाल समुदायका महिलाहरु स्वरोजगार बन्ने भएका छन् । तराईको आदीवासी विपन्न सन्थाल समुदायका महिलाहरुलाई रंगेली नगरपालिकाले स्वरोजगार बनाउने भएको हो ।

उनीहरुलाई स्वरोजगार बनाउन रंगेली नगरपालिका, उद्यम विकास उपशाखाले ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम प्रदान गरेको छ । गत पुस ४ गतेदेखि सुरु भएको एड्भान्स सिलाई/कटाई तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिममा रंगेली–३ र ९ नम्बर वडाका २४ जना सन्थाल समुदायका महिलाहरुको सहभागीता रहेको थियो । यसअघि उनीहरुलाईनै पहिलो चरणमा आधारभूत सिलाई/कटाई तालिम दिइएको थियो ।

सो तालिममा शिप सिक्ने महिलाहरुलाई आवश्यक सिलाई मेसिन समेत नगरपालिकाले वितरण गरिएको थियो । अहिले पुनः तिनै महिलाहरुलाई थप शिप सिकाउन एड्भान्स तालिम दिइएको रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले जानकारी दिइन् ।

तालिमको समापन कार्यक्रममा उपमेयर पराजुली र रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, प्रशिक्षक विमला श्रेष्ठ र निर्मला साहीले प्रमाणपत्र वितरण गरे ।

सो अबसरमा बोल्दै उपमेयर पराजुलीले रंगेलीमा विपन्न परिवारका महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन नगरपालिकाले शिप र रोजगारमुलक तालिम आयोजना गरिएको बताइन् । उनले शिप सिकेर सदुपयोग गर्दै व्यवसाय सञ्चालन गर्नका लागि नगरपालिकाले सिलाई मेसिन समेत वितरण गरेको बताइन् ।

कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरपालिकाले गरेको लगानी खेर नजाने विश्वास व्यक्त गरे । उनले सिकेको शिप अनुसार व्यवसाय सञ्चालन गरि स्वरोजगार बन्न तालिमका सहभागीलाई शुभकामना दिए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्ने महिलाहरुले अब आफुहरु शिपको सदुपयोग गर्दै आय आर्जनमा लाग्ने बताए । उनीहरुले अब चाँडै व्यवसायीक रुपमा काम गर्ने प्रतिवद्धता जनाए ।

सो तालिमका सहभागी भएर सिलाई/कटाई शिप सिकेका महिलाहरुले समुह बनाएर व्यवसाय सञ्चालन गर्ने तयारी समेत गरेका छन् ।

सम्बन्धित समाचार

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक...

नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।...

बलात्कार मुद्दामा सन्दिप लामिछानेलाई सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्