ब्युटी पार्लर तालिम सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला
सोमबार, २३ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ । सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।
एक महिने ब्यूटिपार्लर तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी भएकाहरूलाई विराटनगर ४ का वडाध्यक्ष जितेन थापा, वडा सदय सरिता घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरकी सचिब भली सुब्बालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले ठुलो सहयोग पुग्ने बताए । उनले आगामी दिनमा महिलाहरूलाई आत्मनिर्भर बनाउने क्षमता अभिवृद्धिमा पनि वडा कार्यालय अगाडी बढ्ने बताए । कार्यक्रममा विराटनगर ४ नं. वडाका वडा सदस्य सरिता घिमिरेले घरको चुलो चौकमा व्यस्त रहने महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमले सहयोग पुग्ने बताइन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने तालिम दिएको सिक्वीन ब्युटी पार्लरका सञ्चालक तथा ब्यूटिसियन कला डाँगीले बताइन् । महिना दिनसम्म संचलान भएको तालिमको प्रशिक्षक ब्यूटिसियन कला डाँगी , बिना अधिकारी र पुनमा साह रहेकी थिइन् । तालिममा ३० जना महिलाहरूको सहभागी रहेको थियो । तालिममा सहभागीहरूले घरको चुलो चोकमा व्यस्त रहने महिलाहरू आत्मनिर्भर हुन सहज भएको बताए । उनीहरूले आधारभूत तहको एडभान्स तालिम लिएकाले अब लेभल दुई तालिम दिनुपर्नेमा जोड दिए ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...
विराटनगर, ८ जेठ । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र...
एजेन्सी, १२ असोज । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...
कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लक्षणहरू खराब हुँदै गएपछि अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा सारिएको छ । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा आईसीयुमा भर्ना...
काठमाडौं, २७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...
काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...