विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ ।
व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च धेरै हुने भएपछि सामूहिक रुपमा बेलविवाह गर्ने प्रचलन बढेको छ । शुक्रबार समापन भएको सामुहिक बेलविवाहमा मोरङ, झापा, सुनसरी र उदयपुरका गरी ४० जना कन्याको सामूहिक बेलविवाह गरिएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।
बेलविवाह रजस्वला हुनुअघि अनिवार्य रुपमा नेवार कन्याहरुले गर्नुपर्छ । शिवपुत्र कुमारलाई बेलको स्वरुपमा लिई कन्यासँग विवाह गर्ने चलन छ । शुक्रबार विराटनगरको झी : पुच परिसरमा सामूहिक बेलविवाहका लागि बेहुली झैँ चिटिक्क सिँगारिकी ४० जना कन्याहरूको सहभागि थिए । उनीहरू निकै खुशी देखिन्थे ।
बिहीबारदेखि सुरु भएको सामुहिक बेलबिवाह शुक्रबार सम्पन्न भएको हो ।
धार्मिक विधिपूर्वक होमयज्ञ गरी बेलसँगै सुनको प्रतिमा सूर्यलाई अर्पण गरी विवाह गर्ने र बुबाले कन्यादान गर्ने चलन छ । यसरी बेलविवाह गरेपछि नेवार कन्या कहिलै विधवा नहुने मान्यता रहेको छ ।
सामूहिक बेलविवाहमा सहभागि कन्याहरुलाई पूजा सामग्रीहरु झी : पुचले उपलब्ध गराएको छ । सामूहिक बेलविवाहले खर्च घटाउने र सामूहिक भावनासँगै संस्कृति संरक्षणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । बेलविवाहमा दुलही जस्तै सिँगारिएका ४ देखि ११ वर्ष उमेर समूहका कन्याहरुको सहभागिता थियो ।
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउदै सुशासन कायम गराउन खरो रूपमा उत्रिने प्रतिवद्धा जनाएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख भएर कार्यभाग...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...
विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...
काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...
फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...
बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...
विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...