प्रहरी नायव निरीक्षक गुरुङ र प्रहरी सहयाक हवल्दार कालाखेती सर्वोत्कृष्ट प्रहरी घोषित

 न्यूज विराट
प्रहरी नायव निरीक्षक गुरुङ र प्रहरी सहयाक हवल्दार कालाखेती सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरुलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको भन्दै उनीहरुलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक हवल्दार कालाखेतीले मोरङमा घटेको जघन्य अपराध अनुसन्धानमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी कानुन कारवाहीको दायारामा ल्याउन सफल भएका छन् । उनले विभिन्न अपारध गरी फरार भएका प्रतिवादीलाई पक्राउ गरी कारवाहीको दायरमा ल्यन पनि सफल भएका छन् । यस्तै कालाखेतीले २०७९ पौष २७ गते मोरङको बिराटनगर ७ जलजला चौक स्थितबाट बिराटनगर महानगरपालिका १७ का रवी प्रकाश साहलाई श्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को २९ प ७९८४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गर्नुको साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उनको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।

यस्तै गुरुङले पनि उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका(२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कतारले पठाएको सामान नेपाल आइपुग्याे

काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...

प्रदेश १ मा आज २४० डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर, १५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

कोरोनाबाट काठमाडौंका ३ महिलासहित एकै दिन १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा...

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

कमल थापाले छोडे राप्रपा, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार...

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकाएर शीर्ष नेताले जवाफ दिने

काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्