महानगरस्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु

 न्यूज विराट

विराटनगर / विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

तेक्वाण्डो खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवसरमा आयोजकका तर्फबाट मेयर कोइरालाले तेक्वाण्डो खेलमा महत्वपूर्ण योगदान गर्ने विराटनगर–४ का वडाध्यक्षसमेत रहनु भएका जितन थापा, खेलाडी भागवत नेपाल र प्रल्हाद राउतलाई सम्मान गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२५ जना खेलाडी सहभागी भएका छन् ।

समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिने बताउनुभयो । उहाँले खेलले मानिसको शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासनसमेत सिकाउने उल्लेख गर्नुभयो ।
त्यस्तै विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत, ४ का जितन थापा, आइटीएफका प्रदेश अध्यक्षसमेत रहनु भएका आइटीएफका केन्द्रीय उपाध्यक्ष प्रविण कार्की, प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी, विराटनगर अध्यक्ष ओमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा यसअघि विद्यालयस्तरीय प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मानसँगै मेडलसमेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरस्थित अर्किड स्कुलमा सचेतनामुलक कार्यक्रम

विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता , संघ र प्रदेशमा २ सय १४ जनाको उम्मेदवारी कायम 

विराटनगर ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना...

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

खार्जीमा सिलाईकटाई तालिम सम्पन्न

विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।...

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्