विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ ।
मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका खात्तब र विराटनगर १५ भट्टाटोल वस्ने २५ वर्षीय चिखु भाई अजय भन्ने जय कुमार रामको बयान मंगलबार सकिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
विराटनगरका उद्योगपति अरूणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अंगभंगको मुद्दा दर्ता भएको थियो । प्रतिवादीहरूको बयान सकिएकाले बुधबार थुनछेक बहस सुरू हुने सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले पैरवी गरेपछि अदालतले धरौटि, साधरण तारेख र पुर्पक्षको लागि थुनामा पढाउने मध्ये एउटा आदेश गर्नेछ ।
उनीहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम् २५ वर्ष कैद र दुई लाख १० हजार माग गर्दै मुद्दा दायर गरेको छ । अपहरण र शरीर बन्धक आरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १० हजार जरिवाना र कुटपिट तथा अंगभंग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको अभियोग पत्रमा उल्लेखछ ।
झन्डै एक महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । मोरङ प्रहरीले सञ्चालक खत्ताबलाई विराटनगर १ बाट मंसिर २९ गते पक्राउ गरेको थियो ।
राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए।
खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मंसिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ।
आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै विराटनगर ७ का ५६ वर्षीय राठीले प्रहरीमा जाहेरी दिएका थिए।
खत्ताब विराटनगर ६ मा बस्दै आएका छन्। उनको घर सिरहा नगरपालिका ४ हो।
विगत तीन वर्षदेखि राठीलाई खत्ताबले मिडियामा पार्टनर बनाएका थिए। उक्त मिडियामा राठीको २० प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर छ।
अपहरणबाट मुक्त गर्दा खत्ताबले उजुरबाजुर गरे ज्यान मारिदिने धम्की दिएका थिए। स्टुडियोमा लगेर खत्ताबले राठीलाई तारले बाँधेर ‘क्यामराको ब्यागमा पेस्तोल रहेको र जिन्दगी एउटा गोली न हो’ भनी धम्की दिएर चेक कटाएको अभियोग पत्रमा उल्लेखछ ।
विराटनगर । निमार्ण व्यवसायी संघ मोरङले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरेको छ । १६ औं राष्ट्रिय निमार्ण दिवसको अवसर पारेर शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८...
विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...
गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...
जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...
सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...
काठमाडौं, ५ असार-गण्डकी प्रदेशमा शुक्रबार बिहान २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा बागलुङका १४, कास्कीका ६, स्याङ्जा...
नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...
काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...