जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार, २१ पुष, २०७९,
न्यूज विराट
विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो ।
सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप बगडीयाले रंगेली–३ का वडाध्यक्ष एवम् विधेयक समितिका संयोजक भरत प्रसाईँलाई ऐन प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए । प्रसाईँले प्रस्तुत गरेको शिक्षा ऐन २०७९ उपरको छलफलमा नगरसभा सदस्यहरुले भाग लिएका थिए ।
लगत्तै छलफलमा उठेका विषयवस्तुहरुको संयोजक प्रसाईँले जवाफ दिए । संयोजक प्रसाईँको जवाफपछि मेयर बगडीयाले निर्णयार्थ प्रस्तुत गर्दा शिक्षा ऐन २०७९ पारित भएको हो ।
त्यस्तै नगरसभामा मेयर बगडीयाले पेश गरेका सवै प्रस्तावहरु पास भएका छन् । नगरसभाले कार्यपालिकाबाट पेश हुन आएको म.ले.प. प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ का नियमित गर्ने तथा फस्र्यौट गर्ने बेरुजु अनुमोदन गरेको छ ।
त्यस्तै, योजना तथा कार्यक्रम संशोधन रकमान्तर अनुमोदन, एकिकृत विपद व्यवस्थापन केन्द्रका लागि जग्गा खरिद, करार सेवा तथा ज्यालादारी कर्मचारीको म्याद थप, घर नक्सा अभिलेखिकरण म्याद थप अनुमोदन गरेको छ ।
त्यसैगरी हदबन्दीको जग्गा सम्बन्धी प्रस्ताव समेत अनुमोदन भएको छ । नगरसभाले निशुल्क औषधी खरीदको लागि अस्पताललाई अनुदान, स्वास्थ्य शाखाबाट औषधी खरीद, वितरणको लागि खर्च भएको रकम, जिल्ला समन्वय समितिबाट प्राप्त हने रकम विनियोजन गरिएको अनुमोदन गरेको रंगेली नगरपालिकाका योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।
अधिकृत भट्टराईका अनुसार नगरसभाले योजनाको लागि अपुग हनुसक्ने रकमलाई व्यवस्थापन गरिएको पनि अनुमोदन गरेको छ । त्यस्तै, विभिन्न योजनाको म्याद थप गर्ने विषय समेत अनुमोदन भएको छ ।
त्यसैगरी धरौटी रकम सदर स्याहा गर्ने र नगर कार्यपालिकाबाट चालु आर्थिक वर्षमा भएका निर्णयहरुसमेत अनुमोदन भएको अधिकृत भट्टराईले बताए ।
सातौँ नगरसभा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । नगरसभामा मेयर बगडीयाले जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न निर्देशन समेत दिएका थिए ।
विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थपिएका...
काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...
काठमाडौं, ८ कात्तिक-हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिँदै छ । माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी...
विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...
काठमाडौं,३० वैशाख -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...
देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...
विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको...
काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...