विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद
शुक्रबार, १५ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेका थिए । सुनसरी र मोरङका क्या रिङ गर्नेहरू मार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए ।
साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय अहिले लिएर गएको छ । एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरिएको हो,’ उनले भने, ‘अहिले बरामद गरिएको कपडाको खरिद विल पनि व्यापारीले देखाउन सकेको छैन ।’ बरामद गरेको कपडा परिमाण खुल्न बाँकी रहेको छ । ‘बरामद गरेर भन्सार लिएर आएका छौँ,’ उनले भने, ‘अहिले गणना भइरहेको छ । केही बेरमा परिमाण र मूल्य खुल्नेछ ।’
विराटनगर । विराटनगरको २० वर्षीया किशोरीलाई जवरजस्ती करणाी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलत्कार गरेको आरोपमा विराटनगर– ६ का ३० वर्षीया मो.रिजवान अन्सारी पक्राउ...
विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...
विराटनगर, चैत १७संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका एक हजार थान पिपिई आज अपरान्ह नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर ल्याइएको छ । संघीय सरकारका प्रतिनिधिले उक्त पिपिइ प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई...
काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...
विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...
एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो । आयाक्सले आफ्ना टिमका...
काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन...
विराटनगर । उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी भारत भागेको आशंका गरिएको छ । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद...