विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ ।
विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो ।
उपाधिसँगै डनबस्को स्कुलले २ लाख ५० हजार मूल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । खेलको दोस्रो हाफमा एकतर्फी खेल पस्केको डनबस्को लागि ४५ औँ मिनेटमा निकुस खतिवडाले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स भित्रबाट गरेको प्रहारले चाली चुमेको थियो ।
फाइनल खेलमा विधागततर्फ पनि डनबस्को स्कुलको वर्चस्व कायम रह्यो । प्रतियोगिताको वेस्ट मीड फिल्डर डनबस्को स्कुलका प्रशान्त खड्का घोषित भए । वेस्ट डिफेन्डर डनबस्को एनएस अधिकारी, वेस्ट गोलकिपर डनबस्को नैतिक बस्नेत, वेस्ट फरवड निकेश खतिवडा र वेस्ट कोच डनबस्को बिक्की कार्की भए । यस्तै वेस्ट प्लेयर अफ टुर्नामेन्ट मदरल्याण्ड एकाडेमीका प्रकाश शर्मा भए भने अनुशाति टिम विराट शिक्षा निकेतन स्कुल भयो । इमरजिङ्ग प्लेयर अर्पण स्कुलका दिवस खतिवडा घोषित भएको छ ।
प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई पुरस्कार र शिल्ड प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, प्याब्सन मोरङका अध्यक्ष सितला सुब्बा, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष इन्द्र कुमार राई, उपाध्यक्ष अर्जुन श्रेष्ठ, कार्यक्रम संयोजक नन्दलाल मण्डल, हिरा थापा, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, अभिभावक सङ्घ प्रदेश १ का अध्यक्ष देवी पन्थी, विराट गोल्ड कप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँ, हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खड्कालगायतले वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला रहेका थिए । प्याब्सन विराटनगरको आयोजनामा पुस १ गतेदेखि भएको प्रतियोगितामा विराटनगरका २८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।
काठमाडौं, १ साउन-नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना देखिएको बताए । उनका अनुसार...
विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...
सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...
काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...
विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा...
विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...
काठमाडाैं, २८ वैशाख-सरकारले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्केकाहरूलाई सामाजमा सम्मानजनक व्यवहार गर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस निको भएर घर फर्केकालाई कुनै खालको विभेद नगर्न आग्रह...