मोरङको केराबारीमा हत्या आरोपमा एक जना पक्राउ

 न्यूज विराट
मोरङको केराबारीमा हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ ।

राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन् । लिम्बुले गत आइतबार दिउँसो आक्रमण गरेका थिए । लिम्बू अपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । केराबारी–९ स्थित एउटा पसलअगाडि भेट हुनासाथ लिम्बू र राईबीच विवाद भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

विवादले उग्ररूप लिएपछि लिम्बूले कुटपिट एवं आक्रमण गर्दै राईलाई भुइँमा पछारेका थिए । बायाँ कन्चटमा चोट लागेर अवस्था गम्भीर बनेका राईलाई तत्काल उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचार सम्भव नहुने भन्दै परिवारका सदस्यले फर्काएर मंगलबार दिउँसो घर लगेका थिए ।

डीएसपी श्रेष्ठका अनुसार घर पुर्याइएका राईको मृत्यु भएको जानकारी प्रहरीले राति ९ बजेतिर पाएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
लिम्बूविरुद्ध प्रहरीले यसअघि नै जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

सम्बन्धित समाचार

ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको...

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल...

जागरण अभियान चलाउने तेली अगुवाको प्रतिवद्धता

विराटनगर । तेली कल्याण समाजमा आवद्ध भएका अगुवाहरुले शहरदेखि गाउँसम्म जागर अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सचेतना अभियानसँगै कानुन र नेतृत्व विकासको लागि जागरण अभियान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । तेली कल्याण...

बीआइएममा नेपाल टप गर्ने आस्मा र उत्कृष्ट हुने सपनालाई हिमालय दर्शनको सम्मान

विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ । हिमालय कलेजले आइतबार विहान...

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्