बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

 न्यूज विराट
बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।
जाडोमा लगाउने ट्राकसुट सेट, टोपी र अन्य स्टेशनरीसहित करिब ६० हजार बढीको सामग्री वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले सामुदायिक विद्यालयमा धेरै किसिमका अभाव र समस्या रहेका कारण विद्यालयहरु कमजोर बनिरहेको समयमा समाजले सहयोग गर्न अनिवार्य रहेको धारणा व्यक्त गरे । उनले भने, ‘राज्यले शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसमा पनि आधारभूत शिक्षालाई बेवास्ता गरिएको छ ।’ वडाको तर्फबाट आफूले सक्ने सहयोग निरन्तर गर्ने प्रतिवद्धता जनाउँदै उनले भने, ‘विपन्न परिवारका बालबालिकाहरु पर्याप्त शैक्षिक सामग्री र न्यानो कपडा अभावकै कारण पनि विद्यालय नआउने समस्या छ । बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण बनाउन हामी पनि सकृय छौं ।’

विद्यालयका प्रधानाध्यापक टेकनाथ न्यौपानेले विपन्न बालबालिकालाई न्यानो कपडा वितरण पश्चात उनीहरु नियमित विद्यालय आउने वातावरण बनेको बताए । उनले भने, ‘अधिकांश अभिभावकको आर्थिक स्तर न्यून भएका कारण उनीहरु न्यानो कपडा किन्न नसक्ने र नियमित बालबालिकालाई विद्यालय नपठाउने समस्या अब अन्त्य हुनेछ ।’ आधारभूत विद्यालयलाई राज्यले गर्ने सहयोग अत्यन्तै न्यून भएका कारण अतिरिक्त गतिविधिहरुमा विद्यालय प्रत्यक्ष जोडिन नसकेको उहाँको गुनासो थियो ।

९५ विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा सहयोग प्रदान गर्न विराटनगर स्थित नोवल मेडिकल कलेज, लायन्स इन्टरनेश्नल, सेलो तेल, लायन्स क्लब अफ विराटनगर एलिट र लायन्स क्लब अफ विराटनगर एक्टिभले रकम प्रदान गरेको थियो । सामुदायिक विद्यालय सुधार अभियान, नेपालको सहजिकरणमा उक्त विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको हो ।

सम्बन्धित समाचार

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

लैंगिक हिंसाविरुद्धको अभियानमा विराटनगरमा वृहत र्याली

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

रविनको आक्रमक ब्याटिङ र प्रकाशको कसिलो बलिङले सुनसरीको रोमान्चक जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा बुधबार भएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै अन्तिम आठमा पुगेको...

६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने मुख्यमन्त्री राईको धारणा

विराटनगर, २६ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय शासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्