मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

 न्यूज विराट
मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ ।

साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो । ट्युब परिवर्तन गर्न १ करोड खर्च लाग्ने थियो । नारयण क्षेत्रीय अस्पताल विरगन्जमा सिटीस्क्यान बिग्रीएर थन्किएको थियो । उक्त सिटीक्स्यानको ट्युव राम्रो रहेको प्राविधिक जाँच गरेर थाहा भएपछि कोशी अस्पतलाका मेसु डा. लक्ष्मीनारयण यादवको पहलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उक्त ट्युव ल्याएर जडान गरेपछि सोमबारदेखि पूर्ण रूपमा संचालनमा आएको हो ।
फिलिपस कम्पनीको सिटीस्क्यानमा ट्युव जडान गरेपछि पूर्ण रुपमा संचालनमा आएको प्राविधिक इन्जिनियर शेखर रन्जितले जानकारी दिए । ‘काशीमा रहेको सिटीस्क्यानमा ट्युव जडान गरेर हामीले आइतबार प्राविधीक जाँच पनि गरियो । राम्रोसँग चलेको छ,’ उनले भने, ‘सोमबार ७ जनाको सिटीस्क्यान गरिएको छ ।’

कोशीमा दैनिक २५ जनासम्मको सिटीस्क्यान हुने गरेको छ । ६ जना रेडियोलोजिष्ट डाक्टर र ४ जना टेक्निसियन रहेका छन् । दैनिक २ सय देखि २ सय ५० जनाको भिडियो ए–क्सरे र २ सय भन्दा बढी ए–क्सरे हुने गरेको छ ।

यसअघि दुई महिनासम्म ‘सिटीस्क्यान’ बिग्रिदा कोशीमा आउने बिरामीले महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य थिए ।
कोशीमा अस्पतालमा दैनिक आउने १ हजार देखि १ हजार ५ सय बिरामीमध्ये ४० प्रतिशतलाई अल्ट्रासाउण्ड र ८÷१० प्रतिशतलाई सिटीस्क्यान, एमआरआइ र एक्सरेको आवश्यकता पर्ने गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

काठमाडौंमा अलपत्र मोरङ–५ का ३० जनाको सांसद मण्डलद्धारा उद्धार, विहानै आइपुगे विराटनगर

विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

काठमाडौं, २८ साउन-ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति सवा १ बजे मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो...

सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन...

मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...

इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरस

एजेन्सी, फागुन १३–इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्