मिसेस कोशीको अडिसन विराटनगरमा शनिबार हुने

 न्यूज विराट
मिसेस कोशीको अडिसन विराटनगरमा शनिबार हुने

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको हो ।

यो प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुल्ला गरेको छ । प्रतियोगितामा सहभागिहरूको लागि अनलाइनदेखि प्रत्यक्ष भेटेर पनि आवेदन दिनसक्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘यो हुन लागेको प्रतियोगिता चौथो संस्करणको हो,’ उनले भने, ‘मिसेस कोशी सभ्य र भव्य तरिकाले हुने गरेको छ । प्रतियोगिताको लागि हामीले आवेदन खुल्ला गराइसकेका छौं ।’

विभिन्न चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरूलाई फाइनलमा छनौट गरिनेछ । फाइनलमा छनौट भएकाहरूलाई आयोजकले विभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका प्रशिक्षकहरूबाट प्रशिक्षण दिने गरेको छ ।
तेस्रो संस्करणको मिसेस कोशीको उपाधि रेनुका लिम्बुले जितेकी थिइन् ।

सम्बन्धित समाचार

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...

राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

लेखा अधिकृतको मागलाई कर्मचारी संगठनको साथ

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं,   ९ भदौ-मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्