मोरङको लेटाङमा दुर्घटना, ओभरसियर साहको मृत्यु

 न्यूज विराट
मोरङको लेटाङमा दुर्घटना, ओभरसियर साहको मृत्यु

विराटनगर । मोरङको लेटाङ नगरपालिका – ९ स्थितमा रहेको तेली खोलाको निर्माणाधिन पुलमा दुर्घटनामा परी ओभरसियरको मृत्यु भएको छ ।
को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका(१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यस्तै गरी शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका – ३ स्थित चारपाने – राजगढ सडक खण्डमा दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ । प्रदेश १– ०१– ००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी(३ का २२ बर्षीय लखिराम सतारको उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

विराटनगर, २४ मंसिर–प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास...

जापान प्रवेशमा १४ देशका नागरिकलाई प्रतिबन्ध

एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै

विराटनगर । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ ।माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो ।...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

साैराहामा जम्मा हुँदै एमाले कार्यकर्ता

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो

बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्