शिक्षादीप कलेजद्वारा ११० विद्यार्थीलाई सम्मान

 न्यूज विराट
शिक्षादीप कलेजद्वारा ११० विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले प्रत्येक वर्ष झैं यस वर्ष पनि कलेजले लिएको आन्तरिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने १ सय १० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कक्षा ११ र कक्षा १२ का करिब ११० जना विद्यार्थीहरुलाई शुक्रबार स्कुल परिसरमा नगद पुरस्कार सहित प्रमाण पत्र, फुलमाला र अविर लगाई दिएर सम्मान गरेको हो ।

शिक्षादीप कलेज स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाका लागि अब्बल रहदै विद्यार्थी तथा अभिभावकको रोजाईमा निरन्तर पहिलो हुँदै आएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र हैन, प्रयोगात्मक ज्ञान र प्रतिष्पर्धी शिक्षालाई कलेजले बढी महत्व दिइएकाले सबैको रोजाईमा शिक्षादीप पर्न सफल भएको कलेजका प्राचार्य ज्ञान बहादुर खड्काले बताए ।

कलेजले केही दिन अगाडि मात्र कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले यो क्षेत्रको पहिलो जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको भव्य रुपमा आयोजना गरेर जलवायु परिवर्तन सम्बन्धि खोजमुलक अनुसन्धानलाई प्रस्तुत गरेका थिए । उपत्यका बाहिरबाट पहिलो नेपाल प्रथम भएको कलेजले यो वर्ष पनि इन्जिनियरिङ्गको प्रवेश परीक्षामा निजी शिक्षण संस्थाको तर्फबाट टप सयमा एकमात्र विद्यार्थी ६१ औं स्थानमा नाम निकाली उत्कृष्ट नतिजा ल्याएको कलेजका प्राचार्य खड्काले बताए ।
सो पुरस्कार कलेजका प्राचार्य खड्का, बसन्त कुमार बस्नेत, रमेश कुमार मण्डल लगायतले वितरण गरेका थिए ।

सम्बन्धित समाचार

क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ

बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...

तीन सातामै चालक अनुमतिपत्रका लागि चार लाखले दिए आवेदन

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले ८ कात्तिकदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्