मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

 न्यूज विराट
मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन बसेका हुन् ।

मोरङ क्षेत्र नं. ६ को जनपथ मावि मतदान केन्द्रमा मतदाताहरु बिहानै लाइनमा बसेको देखियो ।
मोरङमा ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको छ । जिल्लामा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेका छन् । जसमा ३ लाख ७४ हजार ३ सय २६ जना पुरुष र ३ लाख ६१ हजार १ सय ९३ जना महिला रहेका छन् भने ६ जना अन्य रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङ कारागार र आर्दश पुष्तकालय विराटनगरमा अस्थायी मतदान केन्द्र बनाएको छ । मोरङमा सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा बढी मतदाता रहेका छन् । क्षेत्र नं. १ मा १ लाख २३ हजार ६१५, क्षेत्र नं. २ मा १ लाख २४ हजार ७२९, क्षेत्र नं. ३ मा १ लाख ४९ हजार ८३३, क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३, क्षेत्र नं. ५ मा १ लाख ४ हजार ९४ र क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७ सय ६१ जना मतदाता रहेका छन् ।
मोरङमा २ सय १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधी सभा सदस्यमा १०५ र प्रदेश सभातर्फ १ सय १० जना उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला

जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...

आयुर्वेद स्वास्थ्यकर्मीद्धारा होलीमा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

जनयुद्ध दिवसमा डिग्री क्याम्पसमा वृक्षारोपण

विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । अखिल क्रान्तिकारी डिग्री क्याम्पस इकाइले मंगलबार जनयुद्ध दिवसको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण र सरफाइ कार्यक्रम आयोजना गरेको हो ।नेकपा माओवादी...

अवरोध अन्त्य गरी संसद सञ्चालनका लागि सहयोग गर्न सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध अन्त्य गरी संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले अवरोध हटाएर संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

सरकारद्वारा विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं, १२ वैशाख-सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्