मनमोहनमा विश्व विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

 न्यूज विराट

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन सिभिल इन्जिनियरिङ र बीइ इन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको हो ।

विश्व विद्यालयले सीमित कोटा राखेर भर्ना खुलाएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । स्नातक तहको बिईइन सिभिल इन्जिनियरिङ र बिईइन इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङ दोस्रो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आवेदन कार्तिक ३० गतेसम्म खुल्ला गरेको विश्व विद्यालयका उपकुलपति सुवास श्री पोख्रेलले जानकारी दिए । उनका अनुसार दोस्रो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्से इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स तर्फ २४ जना बिद्यार्थीहरु भर्ना हुनेछन् । भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन खुल्ला भएको र देश विदेशका इच्छुक विद्यार्थीले आवेदन गर्न सक्ने उपकुलपति पोखरेलले बताए ।

स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्वे र पानी जहाज, भौतिक पूर्वाधार निर्माण देखी स्वदेशी उद्योगहरूलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने स्कुल अफ इन्जिनियरिङका डिन डा। प्रचण्डमान प्रधानले जानकारी दिए । डिन प्रधानका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याब सहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार भएको बताए । रजिस्ट्रार दिननाथ फुयाँलका अनुसार स्नातक तहको चार बर्से सिभिल इन्जिनियरिङ कोर्स पढ्न साधारण नेपाली विद्यार्थीले ५ लाख ८५ हजार, विदेशी विद्यार्थीले ८ लाख ७७ हजार ५सय र प्रायोजित विद्यार्थीका लागि ७ लाख ३१ हजार २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भर्ना भएका विद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल बापत १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ ।

विश्वविद्यालयले भावी दश वर्षे कार्य योजना बनाएको छ । पहिलो पाँच वर्ष योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विषयहरू संचालन गर्ने लक्ष्य रहेको छ । दश वर्षमा स्नताक, स्नातकोत्तर र विद्यावारिधि गरी २८ वटा विभिन्न विषयहरू संचालन गर्ने लक्ष्य लिएको छ । सबै कार्यक्रमहरू संचालन भएपछि स्कुलमा २ हजार ८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारसँग पर्याप्त बजेट दिन माग

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले गरिब, दलित, र जेहेन्दार घाइते अपाङ्गता भएका बिद्यार्थीहरुका लागि छात्रबृत्तीको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको छ । उपकुलपति डा। सुभाष श्री पोखरेलका अनुसार पहिलो शैक्षिक सत्र देखी नै एमटियुले आफ्नै श्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने भएको छ । ‘पर्याप्त श्रोत नभएकोले अपेक्षा अनुसार छात्रवृत्ति दिन सकेनौ । प्रदेश सरकारले दिएमा धेरै भन्दा धेरै गरिब र सीमान्तकृत समुदायका बिद्यार्थीहरुलाई नि ः शुल्क पढाउन सक्ने थियौ,’ उपकुलपति पोखरेलले भने, ‘यसै गरी देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले स्थापना देखी नै आर्थिक समस्या झेल्नुपरेको छ ।’ पर्याप्त बजेट नहुँदा मेडिकल लगायतका अन्य सङ्कायतर्फको पठनपाठन सुरु गर्न समस्या भएको उनले बताए ।

मेडिकल तर्फको शैक्षिक सत्र आगामी आर्थिक वर्षबाट

स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गतको स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९र०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठ्यक्रम निर्माण गरेर काउन्सिल बाट स्वीकृत पनि गराइसकेको उपकुलपति पोखरेलले जानकारी दिए ।

विश्व विद्यालयले संचालन गर्ने कोर्सको लागि छुट्टै करिकुलम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धिसँग जोडेर करिकुलमहरू बनाउने उनले बताए । ‘मेडिकल फार्मेसीको कक्षाहरू सञ्चालनमा आएपछि विश्वविद्यालयले मेडिसिन प्लान्टको लागि उत्पादन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने योजना रहेको छ,’ उनले भने ।

देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक विषयमा स्नातक तहदेखि पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति पोखरेलका अनुसार आगामी पाँच वर्ष भित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमशः आइटी, पारा मेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड म्यानेजमेन्ट लगायतका विषयमा २८ सय बढी बिद्यार्थीहरुलाई स्नातक देखी स्नातकोत्तर तहसम्म पठनपाठन गराउने छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...

महिलाहरुलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो।  रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

पत्रकार लुइँटेलद्वारा प्रेस युनियन प्रदेश एकको अध्यक्षमा उमेदवारी घोषणा

विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ‘छाता’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्