बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

 न्यूज विराट
बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ ।

उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

कार्तिक ७ गते लक्ष्मीपूजाको दिन नितेश पेट्रोल पम्पमा विद्युत सर्ट भएर आगोलागी भएको थियो । पेट्रोल पम्पमा आगोलागी हुँदा मण्डलसहित बुढीगंगा ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भइरहेको थियो ।

मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारपछि डिस्चार्ज भएको छ । उनीहरू दुवै जना पेट्रोल पम्पका कर्मचारी हुन् । पम्प भित्र आगलागी हुन थालेपछि उनीहरू निभाउन जाँदा घाइते भएका थिए ।

सम्बन्धित समाचार

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित 

काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

महानगरका महिला कर्मचारीलाई ‘महिनावारी कप’ वितरण

विराटनगर, २५ मंसिर । विराटनगर महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारी कप वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक कार्यक्रम गरी महानगरमा कार्यरत ४४ जना महिला कर्मचारीहरुलाई मुफ्त महिनावारी कप वितरण गरेको हो...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

खार्जीमा सिलाईकटाई तालिम सम्पन्न

विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।...

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्