तमोर नदीमा खसेर वृद्धको मृत्यु

 न्यूज विराट

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ ।

बिहान पौने ११ बजे पुलबाट नदी किनारमा खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । मादक पदार्थ सेवन गरेका कारण पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनालगत्तै मूलघाटमा गएका मलामीहरुले प्रहरीलाई खबर गरेका थिए ।

करिब ५० मिटर अग्लो पुलबाट नदी किनारमा रहेको ढुंगामा बज्रिँदा साम्पाङको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

विराटनगर महानगरमा मेयर पराजुलीले १८ औं पटक गरे दण्ड प्रणायाममा

विराटनगर, २४ कात्तिक । छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८ औं पटकको दण्डप्रणायाम गरेका छन् । मेयर पराजुले विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर–१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

कोरोनाबाट जोगिन सावधानी अपाउन सांसद लिङ्देनको आग्रह

झापा, जेठ ७-सांसद राजेन्द्र लिङ्देलले गृहजिल्ला झापाको कचनवलमा कोरोना संक्रमित पुष्टि भएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । झापा–३ बाट निर्वाचित लिङ्देलले संक्रमित बढे पनि नआत्तिन र सावधानी अपनाउन आग्रह गरेका हुन् । ‘ज्यालामजदुरीका सन्दर्भमा...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...

नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा...

सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...

प्रेसिडेन्ट कपको उपाधि डिपिएस स्कुललाई

विराटनगर । अन्तर विद्यालय यु–१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित दिल्ली पब्लिक स्कुल(डिपिएस) ले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा टाइब्रेकरमा अपूर्ण स्कुललाई ६–५ गोलले पराजित गर्दै डिपिएसले उपाधि जितेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्