तस्करीको कपडासहित विराटनगरको उखुबारीबाट दुई जना पक्राउ
शनिबार, २९ असोज, २०७९,
न्यूज विराट
विराटनगर । तस्करीको कपडासहित इलका प्रहरी कार्यालय रानी विराटनगरले दुई जना पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १६ मुसरी बस्ती छेउ उखु बारीमा भारत बाट नेपाल तर्फ भन्सार छली गरेर ल्याएको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव रहेका छन् । उनीहरू भरिया हुन् । प्रहरीले उनीहरूको साथबाट चार लाख ५२ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बोरामा प्याक गरी ठाउँमा बोकी ल्याउँदै गरेको अवैध कपडा इप्रका रानीको प्रहरी टोलीले उनीहरूको साथबाट बरामद गरेको थियो । प्रहरीले ११० थान कुर्था सुरुवाल, ६० थान साडी, २ सय ५ थान टप्स र २० थान तन्ना बरामद गरेको थियो । विराटनगरको दक्षर्णी क्षेत्रबाट बब्लु अग्रवाल, मिथुन साह, लक्ष्मण साह रौनियार गयाले कपडाको क्या रिङ गर्दछन् । उनीहरूले व्यापारीसँग पिस हिसाबले पैसा लिने भारतबाट भन्सार छली गरी तस्करीको माध्यमबाट व्यापारीको गोदामसम्म पु¥याउने गर्दछन् ।
यसरी तस्करीको लत्ताकपडासहित अन्य उपभोग्य सामानहरू ओसार पोसारमा भरिया प्रयोग गर्दछन् । उनीहरूले तस्करीको सामान बोक्न भरियालाई निश्चित रकम दिने गरेका छन् ।
विराटनगर, २३ वैशाख । गएपछि मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ । प्रदेश १...
पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ, १८ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो...
विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड...
भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...
नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...
भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...
काठमाडौं, २५ मंसिर । कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्...