विराटनगर। प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो, मोरङ ४ । जहाँ एमालेका केन्द्रीय सदस्यीय बिनोद ढकाललाई चुनौती दिँदै सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन्, माओवादी केन्द्रका नेता अमनलाल मोदी । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई तताएको छ ।
संविधानसभा र संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोश र जाँगर तथा थारू, मधेशी, आदीवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठनन्धनका उम्मेदवार बनेका माओवादी नेता तथा निर्वतमान संसाद मोदी र ढकालको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७४ को चुनावमा अर्थशास्त्रका ज्ञाता मानिएका कांग्रेसका महेश आचार्यलाई मोदीले हराएका थिए । वाम गठबन्धनको सहयोगमा यसअघिको चुनावमा मोदीले आचार्यलाई पराजित गरेका थिए । यसपटक एमालेका ढकालसँग प्रतिस्पर्धा गर्दैछन् ।
ढकाल प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नयाँ उमेदवार हुन् ।
मोदी यसपटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । २०७० मा सामानुपातिक र २०७४ मा निर्वाचित भइ यस पटक पनि मोदीले ह्याट्रिक गर्दै तेस्रो पटक संसद छिर्ने दाउँमा छन् । यसपटक जसपासँग गठबन्धन गरेर चुनावमा होमिएको एमाले नेता ढकाल पहिलो जितको खोजिमा छन् ।
मोरङ ४ मा संघमा मोदी र ढकालसहित १६ जनाको उम्मेदवारी छ । विकासप्रेमी नेतामा रूपमा चिनिने मोदी सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
यस्तो छ अंकगणित
मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ वडा पर्दछ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेले २५ हजार ७३०, कांग्रेस २१ हजार ८९४, माओवादी ९ हजार ९९०, राप्रपा ४ हजार ६७४, जसपा ३ हजार ११२ र नेकपा एसले १ हजार २५५ मत ल्याएका थिए ।