पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार 

 न्यूज विराट
पानी खाने बहना बनाएर ६४ वर्षीय महिलाको हत्या, सुन लुटेपछि साइकल पनि चोरेर अभियुक्त भारत तिर फरार 

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई धारनमा बस्दै आएका १८ वर्षीय  निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिका २० वर्षीय रन्जित कुमार साह पक्राउ परेका हुन् । 

पक्राउ परेका प्रतिवादीहरूलाई सुनसरी प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । वृद्धा महिलाको हत्या निखिलले गरेका प्रहरीले जनाएको छ । निखिल लागू औषध प्रयोगकर्ता हुन् । 

२९ भदौमा वृद्धा महिलाको हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । हत्या गरेको पाँच दिन पछि प्रहरीले घटनामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
राईलाई प्रहरीले विराटनगर १५ रानी एरियाबाट पक्राउ गरेको जनाएको छ । ‘सुन लुट्न वृद्धा महिलाको हत्या गरेको पक्राउ परेका राईले स्वीकार गरेका छन्,’ एसपी ढकालले भने, ‘भदौ २८ गते ३ बजे वृद्धा महिलाको हत्या गरेपछि घरभित्र लगेर ढोका बन्द गरेर गरगहना लुटी खुकुरी पकुवा जङ्गलमा लुकाए । त्यसपछि बराहा ४ स्थित गोविन्द अधिकारीको साइकल चोरेर  भारतको चैनपुर लागे । त्यहाँ तीन दिन बसेर जोगवनि नाकामा आएर लुकीछिपी बसेको पाइएपछि पक्राउ गरिएको हो । वृद्धा महिला घरमा एक्लै घरमा बस्दै आएको राईले जानकारी पाएका थिए । एक हप्ता अगाडिदेखि हत्या गर्ने र वृद्धा महिलाले लगाएको सुन लुट्ने योजना बनाएको खुलेको छ ।’
राईले एक हप्ता अगाडी नै वृद्धा महिलाको हत्या गर्ने मनसाय राखेर गएका थिए । ‘बिना हातहतियार गएको कारणले त्यस बेला महिलालाई हत्या गर्ने राईले आट गरेनन् । दोस्रो पटक छिमेकीको खुकुरी चोरेर हत्या गर्न सफल भए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पकुवा खोलाको जङ्गलमा लुकाएको अवस्थामा बरामद गरेको छ । वृद्धा महिलाको हत्या गरेपछि लुटेको ७।२७० ग्राम सुन पनि बरामद भएको एसपी ढकालले बताए । चोरी गरेको साइकल पनि प्रहरीले रन्जित कुमार साहको घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको छ ।  राईले हत्या गरी लुटेको गरगहना लुकाउने साहले भूमिका खलेको देखिएको छ । त्यही भएर प्रहरीले साहलाई पनि पक्राउ हो । राईले हत्या गरेपछि साहको घरमा पुगेका थिए । मध्य राती साहको घरमा पुगेका राईलाई साहले लागू औषध सेवन गराए र लट्ठ बनाए । त्यसपछि राईले लुटेर ल्याएको सुनको गरगहना चोरेर राखे । त्यसपछि साहले थप एक जनाले राईलाई जागिरको लागि भारत पढाएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । 


हत्याको मुख्य अभियुक्त राई रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरानमा सानैदेखि बाबु आमाले हेरचाह नगरेकाले आफन्तकोमा उनी बस्दै आएका थिए । उनी लागु औषध सेवन गर्ने र गाउँ घरमा सानो तिनो चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई प्रहरीले सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

गाउँपालिका अध्यक्षले जिते कोरोना

गुल्मी, २५ जेठ-गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर शनिबार घर फर्किएका छन् । १२ जेठमा कोरोना सङ्क्रमण पुष्टि भएको उनमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो । ८ जेठमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्