धम्की दिदै चन्दा असुली गर्ने गिरोह विराटनगरमा सक्रिय

 न्यूज विराट

विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली गर्ने गरेको पाइएको हो ।

विराटनगरमा चन्दा असुली गर्ने समूहको सञ्जाल ठुलो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी विभिन्न नम्बरबाट धाक धम्की दिदै चन्दा असुली गर्ने समूहका एक जना सदस्यीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । विराटनगरका चिकित्सक र औषधी व्यवसायीहरूलाई डर त्रास देखाएर चन्दा असुुली गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरदेखि ३२ वर्षीय बिजय दाहाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दाहालले ९८११०४०४८९ नम्बरको एनसेलबाट चिकित्सक र व्यवसायीहरूलाई चन्दा मागेको आरोप छ । चन्दा नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेका उनीहरूको भनाई छ । पक्राउ परेका दाहाल कर्तब्य ज्यान मुद्दामा दश वर्ष कैद भुक्तान गरी निस्किएका प्रतिवादी हुन् । प्रहरीले यसअघि पनि दाहललाई पटक–पटक पक्राउ गरी अभद्र्र व्यवहारको मुद्दामा कारवाही परेको प्रहरीको अभिलेखमा देखिन्छ ।

चिकित्सक र व्यवसायीलाई दाहालसहितको समूहले फोन गरेर चन्दा दिनुप¥यो भन्दै हैरानी बनाएपछि प्रहरीमा उजुरी दिएका थिए । नेपाल चिकित्सक संघ कोशी विराटनगर र औषधी व्यवसायी संघ मोरङले दिएको जाहेरीको आधरमा दाहल पक्राउ परेका हुन् । पक्राउ परेका दाहलसहितका समूहले ५ हजारदेखि २५ हजार रूपैयाँसम्म चिकित्सक र व्यवसायीसँग चन्दा माग्ने गरेका थिए । यहाँका कतिपय औषधी व्यवसायी र चिकित्सकहरूले चन्दा पनि दिएको खुलेको छ । यो समूहबाट दुई दर्जन व्यवसायीहरूले डर त्रासको कारणले चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ । ५ हजारदेखि २५ हजारसम्म दिएको भन्दै अहिले व्यवसायीहरू प्रहरीमा पुग्ने गरेका छन् । पक्राउ परेका दाहालले विराटनगरका एक जना चिकित्सकबाट ८ हजार रुपैयाँ असुली पनि गरेको खुलेको छ ।

चिकित्सक संघ र नेपाल औषधी व्यवसायी संघ मोरङले डर त्रास धम्की दिएर चन्दा असुली गर्ने समूहको खोजी कार्य गरी कारवाही गर्न माग समेत गरेको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले विराटनगर क्षेत्रमा औषधी व्यवसायीहरूलाई त्रास देखाउँदै चन्दा असुली गर्ने समूहबाट फोन आएपछि कारवाहीको लागि प्रहरीमा उजुरी दिएको बताए । ‘केही दिनयतादेखि अपरिचत व्यक्तिहरूबाट फोन गर्दै व्यवसायीहरूलाई चन्दा माग्ने र असुली गर्ने कार्य तिब्र भएको थियो । यस्तै गैरकानुनी कार्यबाट व्यवयासीहरू आतंकित भएको कारणले कारवाहीको माग राख्दै हामीले प्रहरीमा उजुरी दिएका हौं,’ उनले भने, ‘प्रहरी प्रशासनले चन्दा असुली गर्ने समूहलाई पक्राउ गरी कारवाहीको दायारमा ल्याउनुपर्दछ ।’

चन्दा आतंक रोक्ने खरो रुपमा उत्रिन्छु : एसपी कोइरला
विराटटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरसहित जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिबद्धता जनाएका छन् ।
कानुन विपरितका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रुपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा विराटनगरमा चन्दा आतंक बढेको गुनासो छ’, एसपी कोइरालाले भने, ‘डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरित गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छौ ।’ विराटनगर क्षेत्रमा चन्दा असुली गर्नेलाई अहिले प्रहरीले पक्राउ गरी अनुस्न्धान पनि भइरहेको उनले बताए । ‘अहिले हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘यो समूहमा को को छन् । त्यसको खोजी कार्य गरी कारवाहीको दायारमा ल्याउनेछौं ।’
नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै एसपी कोइरालाले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे । ‘कसैबाट धाक धम्की दिएर चन्दा असुली गरे प्रहरीलाई तत्काल जानकारी गराए कानुनी कारवाहीको लागि सहयोग गरिपर्दछ,’ उनले भने, ‘नागरिकको सहयोगले अपराध रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेछ ।’

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरला

सम्बन्धित समाचार

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...

ओलीद्वारा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् । उपाध्यक्ष गौतमलाई...

‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् ।...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...

नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना

काठमाडौं, १७ जेठ । तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५५ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म आठ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।  नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना...

कोशी प्रदेशबाट २९५ जना प्रहरी जवान दिक्षित

विराटनगर । कोशी प्रदेशबाट २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित...

कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्