‘नेता निषेधित क्षेत्र’ पुगेर विराटनगरका मेयर काेइरालाले भेटे सडक पीडित

 न्यूज विराट
‘नेता निषेधित क्षेत्र’ पुगेर विराटनगरका मेयर काेइरालाले भेटे सडक पीडित

विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन ।

मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल गर्दा पनि निर्माणले गति लिन नसकेपछि मंगलबार नै पुनः छलफलसमेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा ठेकेदारलाई बोलाएर छलफल गरिएको हो ।

छलफलपछि मेयर कोइराला प्रभावित स्थानीयको गुनासो सुन्न जामुनगाछी पुगेका थिए । सडक नबन्दा धेरै नै दुःख पाएको स्थानीयले मेयर कोइरालासित गुनासो पोखेका थिए ।

हुलाकी सडकका विषयमा आफू निकै चिन्तित भएको बताउँदै मेयर कोइरालाले भने, “तपाईंहरूलाई लाग्दो हो मेयर आनन्दले बसेको छ, तर त्यसो होइन मेरो ठाउँबाट धेरै नै पहल गरिरहेको छु । यो सडक महानगरले बनाउने होइन । हुलाकी सडक आयोजनाले बनाउने हो । तर, पनि महानगरको मेयर चुप लागेर बस्ने कुरा आउँदैन ।”

त्यसअघि मेयर कोइरालाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सम्बन्धित वडाका वडाध्यक्ष र ठेकेदारसित छलफल गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले पनि अब तोकिएको समयभित्र काम नभए प्रहरी लगाएर थुन्ने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट खस्यो

अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् । अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण

एजेन्सी, असार १५-कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जमा कारोबार भइरहेकै समयमा आक्रमण भएको छ । पाकिस्तानको कराँचीस्थित सो स्टक  एक्सचेन्जमा बन्दुकधारीको समूहले ग्रिनेड र बन्दुकले...

विराटनगरमा नयाँ महिला नेतृत्वको आशा : कला डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन भएको छ । अधिवेशनलाई लिएर नेतृत्व चयनको दौडमा उम्मेदवारहरू घोषणा भइसकेका छन्। यसपटकको अधिवेशनमा विशेष चर्चा पाएकी छन् महिला उपसचिव पदकी उम्मेदवार कला डाँगी, जसको...

एमाले मोरङको अधिवेशन, नयाँ नेतृत्व चयनको लागि बुधबार विहान मतदान

विराटनगर । नेकपा एमाले मोरङको जारी १० औं जिल्ला अधिवेशनबाट नया नेतृत्व चयनका लागि बुधबार विहान मतदान हुने भएको छ । आज हुने भनिएको मतदान निर्वाचन कमिटीले बुधबार विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन...

पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर मोरङको धनपालथान गाउँपालिका रमेश मण्डलसहितको समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय...

अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...

रंगेलीमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर, ९ असार । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बुधबार रंगेली नगरपालिका–६ चोप्राहा स्थित नेवा टोलमा चट्याङ लगेर स्थानीय २३ वर्षीय युवक नितेश रायको मृत्यु भएको हो । घर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्