रेल पखाल्न मात्र बर्सेनि पाँच करोड रुपैयाँ खर्च

 न्यूज विराट
रेल पखाल्न मात्र बर्सेनि पाँच करोड रुपैयाँ खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ ।

कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ ।  जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झाले भने, ‘यसका कारण हामीले वासिङमा मात्र बर्सेनि रु पाँच करोड खर्चिदै आएका छौँ ।’ भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य रहेकाे उनको भनाइ छ ।

‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु सात करोडभन्दा बढी रकम बचत हुन सक्छ’, उनले भने, ‘यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छौँ तर अहिलेसम्म बजेट पाउन सकेका छैनौँ ।’ बजेटका लागि आश्वसनबाहेक अहिलेसम्म बजेट पाउन नसकेको उनको गुनासो छ ।

नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । ‘नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्’, महाप्रबन्धक झाले भने, ‘भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।’

जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलबाट वार्षिक रु आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए ।]

अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौताअनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए ।

गत २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए। त्यसयता दैनिक निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्दै आएको कम्पनीका इञ्जिनियर विनोद ओझाले जानकारी दिए ।

 

सम्बन्धित समाचार

तेस्रो खेलमा एनबीएससीले वाइआरसीसीलाई दियो १०१ रनको टार्गेट

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्सले वाइआरसीसी विराट ब्लास्टर्सलाई १०१ रनको टार्गेट दिएको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबार भएको तेस्रो खेलमा निर्धारित १० ओभरमा...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा ९ र १० फागुनमा

काठमाडौं, ४ माघ-नेपाल मेडिकल काउन्सिलको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) फागुन ९ र १० गते हुने भएको छ । काउन्सिलले परीक्षाको लागि आवेदन खुलाएको छ । ५ माघदेखि अनलाइन फारम खुला गरिएको काउन्सिलले जनाएको...

आज प्रदेश १ र बागमतीमा भारी वर्षा हुने, अरु कुन-कुन ठाउँमा पर्दै छ पानी ?

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी...

ट्रम्पकी दिदी भन्छिन्ः मेरो भाइ झुठ र धोकेबाज व्यक्ति

एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो । संघीय अदालतकी पूर्वन्यायाधीश...

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

सीसीटीभीमा देखिए बम राख्ने दुई जना

काठमाडौं, ६ फागुन । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई  सोधीखोजी...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्