रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले बृक्षारोपण अभियान सुरु गरेको थियो ।

जलवायु परिवर्तनका कारण नाकारात्मक असर परिरहेकाले वातारवरण संरक्षणका लागि विराटनगर–१४ जतुवास्थित गौशाला, सिंघियास्थित हनुमान मन्दिर, साई मन्दिर विराटनगरकै बासुकीनाथ मन्दिर परिसरमा बृक्षारोपण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

बृक्षारोपण कार्यक्रम आयोजना गरि मेवा, जामुन, अम्बक, अनार, अमला, कागती, कटहर, बेललगायतका फलफूल र विभिन्न रुखका २५० विरुवाहरु रोपिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।

त्यस्तै, विराटनगरकै बखरी र बर्जुगाउँमा रोप्नका लागि आरसीसी अम्बिकालाई विरुवाहरुसमेत हस्तान्तरण गरिएको क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् । सो अवसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबले यसअघि पहिलो चरणमा गत असार २१ गते विराटनगरस्थित खार्जी कोहबरा गाउँमा २५० वटा विरुवा रोपेको थियो ।

 

सम्बन्धित समाचार

विराटनगरको मेयरमा उमेश यादवसहित तीन जनाको उम्मेदवारी

विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् । साना...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता 

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा राधाकृष्ण पोषक प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पोषक प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा एसकेजीसम्म ६४ जना विद्यार्थीको...

कर्णाली प्रदेशमा लकडाउनका बेला ३१ जनाले गरे आत्महत्या

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । लकडाउन भएको ११ चैत्रदेखि हालसम्म ३१ जनाले आत्महत्या गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा झुन्डिएर २५...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ असोज-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार...

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...

जेठानलाई मन्त्री बनाएपछि वकिलले उठाए प्रधानन्यायाधीशबिरुद्ध महाभियोगदेखि आन्दोलनसम्मका मुद्धा

काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...

प्रदेश १ मा कोरोना संक्रमित १ हजार नाघे

विराटनगर, १६ साउन–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । झापाको मेचीनगरमा...

विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्