विराटनगरको ऐतिहाँसिक रथयात्राको तयारी तीब्र

 न्यूज विराट
विराटनगरको ऐतिहाँसिक रथयात्राको तयारी तीब्र

विराटनगर, ३१ साउन । कोरोना महामारिका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐहिाँसिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदै छ ।

त्यसका लागि आज रथयात्रा आयोजक समितिले प्रशासनिक निकायसँग छलफल गरेको छ । आज बिहान बसेको बैठकमा शान्ति सुरक्षा, रथयात्राको रूट साथै सडकमा रहेको विद्युत प्राधिकरणका तार, केवल तार, साथै टेलिकमका तार हटाउने विषयमा छलफल भएको छ ।

प्रशासनले सुरक्षा र रुट परिवर्तनको क्षेत्रमा सहयाग गर्ने छलफल भएको मन्दिर व्यवस्थापन समितिका सदस्य सदस्य कृष्ण कार्कीले जानकारी दिए । विगतका वर्षहरुमा रथयात्रा तीनजैनीस्थित राधा कृष्ण मन्दिर तीन पैनीबाट रथयात्रा निस्की, गोल्छा चोक, ट्राफिक चोक, हिमालय रोड, महेन्द्र चोक, शनिमन्दिर, विजुली अफिस, मुनालपथ, बरगाछी हुँदै पुनः मन्दिरमा पुगेर सम्पन्न हुने गरेको थियो ।

तर, यसवर्ष भने रुट परिवर्तन भएको छ । यसपटक हिमालय रोड संरचना निर्माणले साँघुरो भएकाले सो सडक छाडेर रथलाई रोडशेष चोकबाट बसपार्क, महेन्द्र चोक, शनिमन्दिर, विजुली अफिस, मुनालपथ, बरगाछी हुँदै परिक्रमा गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

इप्रका रानीद्धारा तीन क्विन्टल गाँजा नष्ट

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ ।इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा...

भोजपुर र झापाका २ संक्रमित डिस्चार्ज

विराटनगर, बैशाख २८–विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । कोसी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्