विराटनगर । विराटनगर– ७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा – १२ मा अध्ययरत विद्यार्थीहरू हाजिरी जवाफ प्रतियोगिता सोमबार आयोजना गरेको हो ।
क्वीजमा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोको थियो । प्रतियोगिताको प्रथम मखमली सेक्सन, द्वितीय निलकमल सेक्सन र तृतिय लालुपाते सेक्सन भयो । विजयी प्रतियोगीहरुले कक्षा ११ को क्वीज विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, पि. के. झा, गणेश दाहाल लगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरेका थिए ।
मेरिल्याण्ड कलेजले २०६९ सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउँदै आउको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधेर गरेका थिए । मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै टप टेन पर्ने शैक्षिक संस्थामा पर्दछ ।