रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै, यस्ताे छ धार्मिक र सांस्कृतिक महत्व

 न्यूज विराट
रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै, यस्ताे छ धार्मिक र सांस्कृतिक महत्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

क्वाँटीको परम्पररा

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

राखी बाँधिदै

आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाैंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्छ ।  (रासस)

सम्बन्धित समाचार

सरकारको प्रशंसामा केन्द्रित नीति तथा कार्यक्रमले जनताको दुःख बुझेन : शशांक कोइराला

काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्...

२ हजार ४ सय रुपैयाँले फेरि बढ्यो सुन 

काठमाडौं, २९ साउन-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर आज सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु...

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...

कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ । कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्षमा दर्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्