विराटनगरको ‘स्काइ लन्च’ मा शनिबार पुल पार्टी हुँदै, चर्चित डिजेले उफार्ने, गायकले नचाउने

 न्यूज विराट
विराटनगरको ‘स्काइ लन्च’ मा शनिबार पुल पार्टी हुँदै, चर्चित डिजेले उफार्ने, गायकले नचाउने

विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको हो ।

कोभिड १९ सङ्क्रमण फैलिएपछि विराटनगरमा पुल पार्टी भएको थिइन् । चर्चित डिजेको साथमा रमाइलो गर्ने उद्देश्यले पुल पार्टी आयोजना गरिएको आरके सेन्टरका व्यवस्थापक प्रमुख संजीव गजमेरले जानकारी दिए । स्काइ लन्चमा रहेको स्वीमिङ्ग पुल नजिक पुल पार्टी हुनेछ । पुल पार्टीमा ¥यापर परितोषसहित गायक त्रिलोकको साङ्गीतिक प्रस्तुतिले थप मनोरञ्जन प्रदान गर्ने व्यवस्थापक प्रमुख गजमेरले बताए । ‘विराटनगरमा हुन लागेको यस्तो खालको पुल पार्टी पहिलो हो । जुन भव्य र सभ्य हुनेछ,’ उनले भने, ‘लामो समय हुन नपाएको यस्ता खाले यो पुल पार्टीमा युवाहरूले चर्चित डिजेको साथमा रमाइलो गर्नेछन् ।’

सम्बन्धित समाचार

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने

मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल  (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता...

आज बडादसैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ,  ७ कात्तिक-आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...

लर्डबुद्ध कलेजमा चार दिन निःशुल्क स्वास्थ्य शिविर, मंगलबारबाट सुरू हुने

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...

कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको...

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

जनकपुरधाम,   ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्