भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

 न्यूज विराट
भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् ।

अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई, विराटनगरकी निरिछा मंण्डल, बबिता राय, इनरुवाकी श्रुती कुमारी उरॉव, सिरहाकी ऐश्वर्या कुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु, नुमाफुङ निलेखु, तेह्रथुमकी बिनिता लिम्बु रहेकी छिन् । यस्तै रामधुनीकी भावना राई, ओखलढुङ्गाकी सोनिया राई, सम्झना बस्नेत, भोजपुरकी समिक्षा श्रेष्ठ, सुन्दरहरैचाकी सफायर राई, इटहरीकी सृष्टी पाख्रेल, दिया घिमिरे र लेटाङकी स्मृती लामा रहेकी छिन् ।

प्रतियोगिताको दोस्रो अडिसन साउन २१ र २८ गते धरान, इटहरी र विराटनगरमा हुने जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘पहिलो अडिसन सकिएको छ,’ उनले भनिन्, ‘दोस्रो अडिसनको तयारीमा जुटेका छौँ । ’
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुदै आएको छ । अहिले हुन लागेको सातौं संस्करणको मिस कोशी हो । सातौं संस्करणको मिस कोशी भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘विगत वर्षहरूमा भएको भन्दा यस पटक सातौं संस्करणको मिस कोशी भव्य र सभ्य हुनेछ ।’

अडिसनबाट छनौट भएका प्रतियोगिहरूको लागि भदौमा प्रशिक्षण सुरु हुनेछ । प्रतियोगिताको फाइनल असोजमा हुने बताइएको छ । प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउने छन् । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

पुर्व स्वास्थ्यमन्त्रीलाई भारी मतअन्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्विाचित

विराटनगर । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत...

प्रदेश २ मा एक दिन ३४८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

निर्वाचनको माहोल तात्दै, आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं, २४ माघ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् । स्थानीय तहमा उम्मेदवार काे रहने भन्ने विषयले पनि सामाजिक सञ्जालमा चर्चा छाइरहेकाे...

प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु

एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । 'यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी...

राससको जिल्ला समाचारदाता दाहाल पुरस्कृत

विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ ।सो पुरस्कारको राशि रु २० हजार छ ।कोशी प्रदेशका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्