श्रीलंकाको बाटोमा पाकिस्तान

 न्यूज विराट
श्रीलंकाको बाटोमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले आर्थिक संकटसँग जुध्नका निमित्त संयुक्त राज्य अमेरिकासँग मद्धतको अपिल गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पाकिस्तान आर्मीका चिफ कमर जावेद बाजवाले अमेरिकाका उप-विदेश मन्त्री वेन्डी सरमनसँग अन्तराष्टिय मुद्रा कोषबाट पाकिस्तानलाई ऋण दिलाउनको निमित्त सहयोग गरिदन अपिल गरेका हुन् ।

पाकिस्तानको विदेश मन्त्रालयले दुई अधिकारीबीच छलफल गरेको पुष्टी समेत गरेको छ यद्यपी विदेश मन्त्रालयले आँफैले दुई अधिकारीबीच के विषयमा कुराकानी भयो भन्ने बारे खुलाएको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष र पाकिस्तान बीच यस महिनाको सुरुवातमानै १. १७ अर्ब डलर ऋण लिने सम्झौता भएको थियो ।

उक्त प्रकृया अगस्टको अन्त्यसम्म मात्र पुरा हुने भएको कारण बाजवाले शरमनलाई प्रकृया छिटो पुरा गराउनका निमित्त अमेरिकासँग सहयोगको अपिल गरेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल पाकिस्तान चरम आर्थिक संकटमा जान सक्ने देशहरुको सुचीमा चौथो स्थानमा रहेको छ ।

हाल पाकिस्तानको ऋण कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ७३. १ प्रतिशत रहेको छ भने मुद्रास्फीति २१.३ प्रतिशत रहेको छ । यस्तै पाकिस्तानको चालु खाता सन्तुलन (करेन्ट एकाउन्ट ब्यालेन्स) पनि ५. ३ प्रतिशत रहेको छ । यी सुचांकहरुले पाकिस्तान पनि श्रीलंकाकै जस्तो आर्थिक संकटको बाटोमा रहेको संकेत गर्छ ।आर्थिक संकटको जोखिम बाट जोगिन र जोगाउनको निमित्त हाल पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोग लिने भएको छ ।

चरम राजनैतीक अस्थिरता , नेत्र्त्वमा पाकिस्तान आर्मीको अप्रतक्ष तर स्पष्ट संलगनता लगायतका कारणले गर्दा पाकिस्तानले सजिलै यो संकटको सामना गर्न नसक्ने प्रबल सम्भावना रहेको छ । पाकिस्तानको पछिल्लो राजनैतीक घटनाक्रमलाई मध्य नजर गर्दा हाल पाकिस्तानका मुलधारका राजनैतिक पार्टीहरु ‘पावर वार्गेनिङ्ग’मा रहेको देख्न सकिन्छ ।

उदाहरणको रुपमा गत शुक्रबार पाकिस्तानको पंजाब प्रान्तमा भएको मुख्य मन्त्री निर्वाचनमा भुतपुर्व प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको पार्टीले चुनाव जिते पनि सरकार गठन गर्न भने सफल हुन सकेको थिएन । पंजाब सदनका उप सभामुख मोहोम्मद मजारीले विजयी हुनु पर्ने पक्षको दश वटा मत खारेज गरिदिएपछि सत्तारुढ दलका उम्मेदवार पंजाब प्रान्तको मुख्यमन्त्री बनेका थिए ।

अन्तर्राष्ट्रिय संचार माध्यमले जानकारी गराएअनुसार इमरान खानसँगको व्यक्तिगत रिसीवीको कारण मजारीले त्यसो गरेका हुन् । मजारी आँफैले भने उक्त कुराको खण्डन गर्दै आएका छन् । मजारी इमरान खानकै पार्टीका सदस्य हुन् तर विगतमा उनी विरुद्ध आफ्नै पार्टीले अविश्वासको प्रस्ताव अघी सारेको कारण पार्टी भित्रनै उनी असन्तुष्ट सदस्यको रुपमा चिनिएका व्यक्ति हुन् ।

यस्तै पाकिस्तानको सत्तामा पहिला देखिनै आर्मीको असाधरण हस्तक्षेप तथा प्रभुत्व रहेको टिप्पणी हुँदै आएको छ । हालै मात्र पनि प्रधानमन्त्री वा सरकारका अन्य निकायले अमेरिकासँग वार्तालाप गर्नु पर्ने ठाउँमा आर्मी चिफ कमर जावेदले सरमनसँग सहयोगको अपिल गर्नाले यस कुराको पुष्टि हुन जान्छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार सरकारले जावेद र सरमन बीचको वार्तालाई गोप्य राख्ने प्रयास समेत गरेको थियो । संचार माध्यम निक्केइ एसियाले सर्वप्रथम उक्त भेटवार्ताको रिपोर्ट सार्वजनिक गरेसँगै हाल पाकिस्तानको वर्तमान आर्थिक अवस्थाको बारेमा थप बहस सुरु भएको अवस्था छ ।

सम्बन्धित समाचार

विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ । शैक्षिक क्षेत्रमा इतिहास...

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया...

प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर...

दलहरूको सहमतिमै एमसीसी संसदबाट पारित हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, १६ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् । एमसीसी देश...

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्