यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

 न्यूज विराट
यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ ।

आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै रोकिएको हो ।

उड्न लाग्दा वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो । एक्कासि खराबी आएपछि जहाजलाई विराटनगरमै रोकिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले बताए ।

उनले परिक्षण गरेर समस्या समाधान गरेपछि नियमित उडान हुने जानकारी दिए ।

सम्बन्धित समाचार

धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो । भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...

भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...

जिल्ला समन्वय समिति मोरङद्वारा पूर्व पदाधिकारी सम्मानित

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा...

अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित...

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्