जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

 न्यूज विराट
जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो ।

चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राजनीतिक र व्यापारिक द्वन्द्वमा अल्झिएका चीन-अमेरिका सम्बन्धलाई सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले अझ जटिल बनाएका बेला यो वार्ता हुन लागेको हो ।

बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रुसको आक्रमणका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार चीन अमेरिकाबीच यस्ता विषयहरू छन् जहाँ आपसी सहयोग सम्भव छ भन्ने विश्वास गरिन्छ ।

सम्बन्धित समाचार

२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...

पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले...

प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष...

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, ५ भदौ–प्रदेश सरकारले विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल...

विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर...

नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को, मेरूदण्ड भाचिएको विरामीको सफल उपचार

विराटनगर । विराटनगर – ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

एमालेले गर्यो पूर्व सांसद साम्सोहाङलाई निलम्बन

विराटनगर — नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा उत्पन्न विवादका कारण दुई नेतालाई निलम्बन गरेको छ। निलम्बनमा पूर्व सांसद एवं जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभागका सचिव मणिशंकर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्