विराटनगरमा यसरी मनाए मुस्लिम समुदायले बकरिद

 न्यूज विराट
विराटनगरमा यसरी मनाए मुस्लिम समुदायले बकरिद

विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज विराटनगरमा हर्षोउल्लासका साथ मनाएका छन् ।
यसै उपलक्ष्यमा आज विहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ ।

इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन यो समुदायमा रही आएको छ ।

मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कर्बानी (बलि) दिने गर्दछन् भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ । एक भाग आफ्नो परिवार, एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरीव तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायहरुले आफन्तजनहरुसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ । इस्लाम धर्मगुरुहरुले कुर्बानी (बलि) को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् ।

 

सम्बन्धित समाचार

विराटनगर ट्रक व्यवसायी संघमा विवाद, गणपूरक संख्या नपुगेपछि अधिवेशन स्थगित

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभई स्थगित भएको छ।शुक्रबार विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा भएको साधारणसभामा कुल सदस्य संख्या २५१...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

उद्योग संगठन मोरङद्धारा शुभकामना आदन प्रदान कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताउनुभएको छ ।हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्