डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

 न्यूज विराट
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ ।

पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ । आज राति १२ बजेसम्म भने पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ नै रहने छ । किनकि, समायाेजित मूल्य राति १२ बजेपछि लागू हुने छ ।

यसैगरी डिजेलमा र मट्टीतेलमा लाग्ने कर लिटरमा २९ रुपैयाँ कटौती गरिएको आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए । योसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६३ रुपैयाँमा किन्न पाइने छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पछिल्लो पल्ट नेपाल आयल निगमले डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो । तर, करका कारण उपभाेक्ता महँगीकाे  सिकार भएकाे भन्दै चाैतर्फ दबाब परेपछि सरकार कर घटाएर भए पनि मूल्य समायाेजन गर्न बाध्य भएकाे हाे ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश...

संक्रमितको सम्पर्कमा आएको आशंकामा उदयपुर र वीरगञ्जका ५ सय ४९ जनाको कोरोना परीक्षण

उदयपुर र वीरगंजका संक्रमितको सम्पर्कमा आएका आशंकामा ५४९ जनाको नमुना संकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले उदयपुर र वीरगंजमा भेटिएका संक्रमितको कन्ट्रायक ट्रेसिङका आधारमा...

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

निगमले किन्ने पेट्रोल र डिजेलको खरिद मूल्य घट्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...

मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा...

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

मिस्टर एण्ड मिस पूर्वाञ्चल हुँदै, सहभागिलाई ट्रेनिङ निःशुल्क

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । युवा युवतीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भाग लिन इच्छुकहरूको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्