हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

 न्यूज विराट
हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् ।

“निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक तत्कालै निर्माण गर्नुहोस् ।”

उनले निर्माणमा विलम्ब भए आफू कारबाही प्रक्रियामा जाने चेतावनीसमेत दिए । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत गणेशचोकदेखि केशलिया खोलासम्मको सडक निर्माणले गति नलिँदा आवतजावतमा समस्या भएको छ ।

सम्बन्धित समाचार

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक २५ दिनमा कोरोनालाई जितेर घर फर्किए

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका-५ का शाहीकोको लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको छ। उनी २५...

बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

विराटनगर, २१ साउन । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले ओली सरकारले विचौलियालाई राज्यको सम्पत्ती सुम्पने गरी गरेको निर्णय खारेज गर्न माग गरेका छन् । बिहीबारको प्रदेशसभामा विशेष...

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ सार्वजनिक

कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष...

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

एनसीडिए मोरङद्धारा आश्रममा स्वास्थ्य शिविर, ११० जनाको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।नेपाल औषधि ब्यवसायि संघका...

तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् ।  नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्