विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् ।
अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को टोलीलाई बार्ताका लागि काठमाडौं बोलाएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्री शर्माले शुक्रबार अर्थमन्त्रालयमा वार्ताका लागि बोलाएको जानकारी दिए ।
उनले मन्त्री शर्माले उद्योगहरुको संरक्षणका लागि सकारात्मक कदम चाल्ने विश्वास व्यक्त गरे । नेपाल सरकारले जारी गरेको आर्थिक विधेयक २०७९÷०८० मा ल्याइएको ई–विलिङको कारोवारको दायरा, मुलुकका जि.आई. वायर, वनस्पति ध्यूतेल, सेनिटरी प्याड लगायतका स्वदेशी उद्योगहरु धारासायी हुने गरि नीति ल्याइएको भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित बनेका छन् ।