विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने

 न्यूज विराट
विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने

विराटनगर/ विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।

सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको जानकारी दिइन् ।

उपमेयर कार्कीले सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण ऐन २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुका साथै सचेतनामूलक प्रचारप्रसार र अनुगमनलाई तीव्र पार्ने बताइन् । “महानगरले ऐन, नियमलाई कडाइका साथ लागू गर्छ,” उनले भनिन्, “महानगरभित्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्नुका साथै सेवनमा समेत रोक लगाइनेछ । त्यसका लागि हामी छलफल गर्छौं, समिति बनाउन परे बनाउँछौं, माइकिङ गर्न परे गर्छौं ।”

यसैबीच, नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकमा देखिएको छ ।

सुर्तीजन्य पदार्थको सेवन गरेकै कारण बर्षेनी नेपालमा २५ हजार मानिसको मृत्यु हुने गरेको छ भने विश्वमा प्रति ८ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य महाशाखाका अमरदीप देवले धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको बताए ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले नसर्ने रोगहरू मधुमेह, हृदयाघात, मस्तिष्क घात र क्यान्सर लाग्नुमा सुर्तीजन्य पदार्थको सेवन प्रमुख कारण रहेको प्रस्ट्याए ।

फोक्सोको क्यान्सरबाट मृत्यु भएका मानिसहरूमध्ये ७१ प्रतिशतको मृत्युको कारण धुम्रपानको सेवन रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी वक्ताहरूले महानगरक्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य र धुम्रपानको प्रयोग बढ्दो रहेकाले त्यसलाई नियन्त्रण न्यूनीकरण गर्न महानगरपालिकाले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका थिए । १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले बढीजसो सुर्तीजन्य पदार्थ सेवन तथा धुम्रपान गर्ने गरेको कार्यक्रममा बताइएको थियो ।

 

सम्बन्धित समाचार

शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

भोजपुर । नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

विराटनगरमा अत्याधिक भीडभाड, संक्रमणको जोखिम अझ बढ्यो(फोटो फिचर)

विराटनगर, साउन १९–विराटनगर महानगरपालिकाले जारी गरेको लक डाउन उ्रल्लंघन गर्दै अत्याधि भिडभाड हुन थालेको छ । लक डाउन कार्यान्वयन फितलो भएका कारण सर्वसाधरणले वेवास्ता गर्दै भिढभाड गरेका हुन् । सोमबार जनै पूर्णिमाका दिन विहानैदेखि विराटनगमा...

व्यापारी अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

एसईईमा नक्कली प्रशिक्षार्थी प्रकरण : संचालकलाई २ लाख परीक्षार्थीलाई जनही ४० हजार धरौटि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने कन्सलटेन्सी संचालकलाई धरौटिमा छाडन मोरङ अदालतले आदेश गरेको छ । उमेर पुगेका नक्कली परीक्षार्थीहरूलाई पनि धरौटिमा र नावलकहरुको हकमा भने अभिभावलाई जिम्मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्