नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजीक्षेत्रको मागलाई सम्बोधन गरेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले निजीक्षेत्रका अधिकांश माग सम्बोधन भएको बताएका छन् ।
लगानीमैत्री वातवरण बनाउनका लागि प्रकियागत झन्झट हटाउने, एकद्वार प्रणाली लागू गर्ने, निजीक्षेत्रसँग सहकार्य बढाउनेलगायतका विषय नीति तथा कार्यक्रममा परेका छन् ।
त्यस्तै, प्राथमिकताप्राप्त उद्योगमा जग्गाको हदबन्दीलाई पुनर्संरचना गर्ने, विद्युत्मा छुट दिने, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने विषय पनि नीति तथा कार्यक्रममा परेका छन् ।