विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

 न्यूज विराट
विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् ।

मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर–१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन्...

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

पोखरीया स्कुलमा भर्ना लिन प्रवेश परीक्षा, ६४५ जनाको कोटामा २४३१ विद्यार्थी

विराटनगर । विराटनगर ३ स्थित पोखरीया माविले नयाँ विद्यार्थी भर्नाको लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६४५ जना विद्यार्थीको कोठामा २ हजार ४३१ जना विद्यार्थीहरुले आवेदन दिएका छन् ।...

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्